Rule 48
सुराकी प्रतिवेदन वा सूचनासम्बन्धी व्यवस्था
(१) चोरी निकासी वा चोरी पैठारीको सुराकी सम्बन्धी प्रतिवेदन वा सूचना मालवस्तु पक्राउ पर्नुअगावै प्राप्त भएको हुनु पर्नेछ । मालवस्तु पक्राउ भैसकेपछि प्राप्त हुने सुराकी प्रतिवेदन वा सूचनालाई मान्यता दिइने छैन ।
(२) सुराकी प्रतिवेदन वा सूचना सम्बन्धित भन्सार कार्यालयको प्रमुख वा महानिर्देशकलाई दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सुराकी प्रतिवेदन वा सूचना प्राप्त हुन आएमा महानिर्देशकले तत्काल सम्बन्धित भन्सार कार्यालयको प्रमुखलाई मौखिक वा लिखित रूपमा जानकारी दिनु पर्नेछ । भन्सार कार्यालयको प्रमुखले आफूले प्राप्त गरेको वा महानिर्देशकमार्फत प्राप्त गरेको सुराकीको प्रतिवेदन वा सूचना गोप्य रुपमा दर्ता गरी राख्नु पर्नेछ ।
(४) …………….
(५) मालवस्तु पक्राउ पर्नुअगावै एउटै विषयमा दुई वा दुईभन्दा बढी सुराकी प्रतिवेदन वा सूचना प्राप्त भएमा पहिले प्राप्त भएको प्रतिवेदन वा सूचनालाई मान्यता दिई त्यसपछि प्राप्त सूचनालाई भन्सार कार्यालयको प्रमुखले कैफियत जनाई राखिदिनु पर्नेछ ।
(६) सुराकी दिने व्यक्तिले आÇनो वास्तविक नाम नदिई कुनै काल्पनिक नामबाट पनि सुराकी दिन सक्नेछ । त्यस्तो काल्पनिक नामबाट सुराकी दिएको अवस्थामा त्यस्तो सुराकीको वास्तविक नाम एवं निजको स्पष्ट पहिचान हुने प्रमाणहरू (नागरिकताको प्रमाणपत्र वा परिचय पत्र वा राहदानी) को प्रतिलिपि सुराकीले भन्सार कार्यालयको प्रमुखलाई तुरुन्तै उपलब्ध गराउनु पर्नेछ । भन्सार कार्यालयको प्रमुखले त्यस्तो विवरण प्रमाणित गरी गोप्य राख्नु पर्नेछ ।